लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा महिलाको कानुनी अधिकार सम्बन्धी २ दिने तालिम शुरु

IMG

तिलोत्तमा,२०७९ चैत्र २। महिलाको कानुनी अधिकार सम्बन्धी २ दिने तालिमको उद्घाटन तथा शुभारम्भ भएको छ।  तिलोत्तमा नगरपालिकाको आयोजनामा शंकरपुर स्थित प्याब्सनको हलमा आयोजित सो कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमाका नगर उपप्रमुख जगेश्वर देवी चौधरीले कानुनका बारेमा हरेक घरका महिलाहरु जानकार रहनुपर्ने बताउनुभयो। उहाँले कानुन जान्दिन,मान्दिन, थाहा थिएन भनेर उम्किन नपाउने र गल्ति गर्न नपाउने भन्दै  कानुनका बारेमा जानकारी लिनु सबैको कर्तब्य रहेको जानकारी दिनुभयो। 


महिला तथा बालबालिका शाखाका प्रमुख सम्झना भण्डारीको संचालनमा भएको कार्यक्रममा एफडब्ल्युएनडी रुपन्देहीका संयोजक अधिबक्ता नगेन्द्र प्रसाद बस्यालले सहजीकरण गर्नुभएको छ। तालिम शुक्रबारसम्म चल्ने छ। 


कमेन्ट गर्नुहोस्