
तिलोत्तमा,२०७९ फागुन २९। तिलोत्तमा नगरपालिकाले समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं सरसफाइ अभियानको सप्ताहब्यापि कार्यक्रम गरेको छ । नगरपालिकाले सबै सडक-बाटो,खेत-खरियान, स्कुल, संघ संस्था, खोलानाला,टोल समाजमा रहेका सबै दृश्य स्थानामा सरसफाई कार्यक्रम संचालन गरेको हो। सरसफाई तथा हरियाली प्रबर्द्धनको एक सयौं श्रृंखलाको अवसरमा गरिएको सप्ताहव्यापी कार्यक्रममा बोल्दै तिलोत्तमाका नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले तिलोत्तमाको सुन्दर पहिचान सरसफाइबाट सुरु भएको र जनताको साथले यो अभियानले सार्थकता र जीवन्तता पाएको बताउनुभयो।
नगरले चैत्र १ गते सरसफाई श्रृंखलाको १ सयौं दिन पूरा भएको अवसर पारेर भब्य कार्यक्रमको आयोजना गरको छ। सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले नगरमा कुहिने र नकुहिने फोहोर अलग–अलग उठाउने कार्यक्रमको सुरुवात गर्ने र कार्यक्रमलाई निरन्तरता दिदै जनचेतनासंगै सरसफाईमा लागि अभियानलाई निरन्तरता दिने नगर उपप्रमुख चौधरीले बताउनु भयो ।
उहाँले नगरको छुट्टै पहिचान बनिसकेको यो पुनित कार्यक्रममा सहभागी भै नगरभित्रको फोहोर ब्यवस्थापनमा नगरवासीले पुर्याएको सहयोगप्रति धन्यवाद ब्यक्त गर्नुभएको थियो ।उहाँले तिलोत्तमा नगरपालिका भित्रका जनप्रतिनिधि,टोल समिती,आमा समुह नगरवासी लगायतको सहभागितामा भएको कार्यक्रममा घरघर टोलटोलबाट सहभागिता जनाउन अपिल गर्दै नगर सरसफाई अभियानलाई तिव्रता दिन लागिएको समेत बताउनु भयो ।
कमेन्ट गर्नुहोस्