
तिलोत्तमा,२०७९ फागुन २८। रुपन्देहीको सुन्दर नगरपालिका तिलोत्तमा नगरपालिकाको सरसफाई र हरियाली प्रबर्द्धनले जो कसैको मन लोभ्याउछ। बुटवल बाट प्रवेश गर्ने जनता हुन् या भैरहवा हुँदै ओमासतिया नाका बाट प्रवेश गर्ने हुन्। सबैतिर छ्याक्क सफा र हरियाली अनि डालीमा फुल फुलेको देखेर जो कसैले तिलोत्तामामा प्रवेश गरेको सजिलै अनुमान लगाउन सक्छन। अहिले १ सयौ शृंखलामा भब्य कार्यक्रमको आयोजना गरेको नगरपालिकाले सबै संघ संस्थाको सहभागिताले यो कार्यमा सहजता भएको बताएको छ। तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले समुदायमा आधारित हरियाली प्रवर्द्धन तथा नियमित सरसफाई अभियानले बनेको सुन्दर तिलोत्तमा हाम्रो पहिचान भएको बताएका छन्।
सो अभियान अन्तरगत रुपन्देही तिलोत्तमाका प्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिहरु नियमित रुपमा टोल–टोलमा छन् । तिलोत्तमाका विभिन्न वडामा जारी सरसफाई अभियानलाई सफल बनाउन नगर प्रमुख रामकृष्ण खाँण तथा उप प्रमुख जगेश्वरी देवी चौधरीले जनतासंगै आफै झाडु बोकेर सडकमा उत्रिएका छन्।विभिन्न वडा तथा टोल बिकास संस्थाहरुको आयोजना र आह्वानमा जनतासँगै नगर प्रमुख–उपप्रमुख सरसफाईमा सहभागी भएपछि स्थानीयहरुको समेत उत्साहजन उपस्थिती हुने गरेका छन् । नगरमा सञ्चालित समुदायमा आधारित हरियाली प्रवर्द्धन एवं नियमित नगर सरसफाई अभियानको एक सयौं श्रृंखलाको अवसरमा सरसफाई सप्ताह समेत गरिएको छ।
तिलोत्तमाको सबै टोल विकास संस्थाहरु समेत यस कार्यमा क्रियाशील छन् । सरसफाई कार्यक्रममा नगर प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जागेश्वरी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, अभियान संयोजक सुरेन्द्र श्री, करहिया-मक्रहर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यज्ञ गैरे लगायतका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुले समेत नियमितरुपमा सहभागिता जनाएका छन्।निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककैं पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ ।
नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ । २०७१ सालमा साविकका सात वटा गाविस मिलेर बनेको तिलोत्तमा नयाँ नगरपालिका हो । सरसफाईबाट यो नगरपालिकाले राष्ट्रिय स्तरमा आफ्नो विशिष्ट पहिचान बनाएको छ । पालिका पहिलो खुला शून्य पोलोथिन नगरपालिका समेत बनिसकेको छ । ग्रीन तिलोत्तमा : क्लिन तिलोत्तमा महाअभियानको क्रममा हालसम्म दुई लाख बढी वहुगुणी फलफूल तथा वनस्पतिका विरुवाहरु नगरपालिकामार्फत् रोपिएका छन् । नगरपालिकाले सिटी फ्लावरको रुपमा बेगनबेली निर्धारण गरेको छ भने जन्मदिनमा कम्तिमा एउटा विरुवा रोप्न नगरबासीलाई आह्वान गरेको छ ।
कमेन्ट गर्नुहोस्