लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको वडामै पहिलो पटक सामुदायिक कुकुर बन्ध्याकरण सम्पन्न

IMG

तिलोत्तमा,२०७९ फागुन २७। रुपन्देहीको तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मा सामुदायिक तथा छोडुवा कुकुर ब्यवस्थापन गर्नका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेशमा नै पहिलो पटक वडा स्तरमा तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ मा कुकुर ब्यवस्थापनका लागि बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ का वडा अध्यक्ष गणेश पाठकका अनुसार पछिल्लो समय गाउ तथा बस्तीमा कुकुरले दु:ख दिने, मान्छे तथा पशुपन्छीलाई टोक्ने गरेको गुनासो आएपछि आफ्ना ८ वटा टोल बिकाससंग को रायमा  आधा दर्जन बस्तीका ८३ वटा घर पालुवा र भुसिया कुकुरको बन्ध्याकरण गरिएको हो । तिलोत्तमा नगरपालिकाको वडा नम्बर ६ का अध्यक्ष पाठकका अनुसार २ दिने शिविरमा मणिग्राम, १२ नम्बर , गणेशपुर, १० नम्बर, गोरकट्टा, पश्चिम पहुनी, पुर्व पहुनी, बिपी मार्ग लगायतका बस्तीका कुकुरको बन्ध्याकरण गरिनुका साथै रेविजविरुद्धको खोप लगाइएको छ ।


यस अघि तिलोत्तमा नगरपालिकाले समेत नगर स्तरका सामुदायिक कुकुरहरुलाई बन्ध्याकरण सम्पन्न गरेको थियो। तिलोत्तमा वडा नम्बर ६ र युथ फर कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरको प्राविधिक सहयोगमा कुकुरकालागि भ्यासेक्टोमी र (पोथी) कुकुर्नीकालागि मिनील्याप गरीएको नगरपालिकाले जनाएको छ। वडामा छाडा कुकुरको संख्या बढ्दै जाँदा बिभिन्न समस्याहरु देखिएको,दुर्घटना, रेविज रोग लगायतको जोखीम  बढ्ने भएकाले त्यसको नियन्त्रणकालागि कुकुरको बन्ध्याकरण सुरु गरीएको तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले बताए। ती कुकुरलाइ रेविज बिरुद्धको खोप समेत लगाइएको उनले जानकारी दिए। पहिलो चरणमा ८० वटा कुकुर र केही कुकुर्नीको भ्यासेक्टोमी र मिनील्याप गरीएको युथ फर कन्जरभेशन सस्टेनेबल एग्रिकल्चरका संयोजक डा. तिलकराम भुसालले बताए। उनले सडक सामुदायिक कुकुरको नियन्त्रण र रेविज उन्मुलनकालागि बन्ध्याकरण विधि एक मात्र उपाय भएको बताए।


त्यस्तै कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरका कार्यक्रम संयोजक आयुस काफ्लेले वडामा  हिजोदेखि सुरु गरिएको बन्ध्याकरण कार्यक्रम आज सकिने बताउनुभयो । अन्य वडाको तुलनामा यो वडामा अलि बढि कुकुर भएको जानकारी पाए अनुरुप कार्यक्रमलाई अगाडि बढाएको उल्लेख गर्नुभयो । तिलोत्तमाको वडा नम्बर ६ गोरकट्टा चोकमा रहेको रिवरसाईड युथक्लवको भवनमा  छाडा कुकुरहरुलाइ नियन्त्रणमा लिएर स्थायी बन्ध्याकरण तथा मिनील्याप गरीएको रिभरसाईड युथक्लवका अध्यक्ष दिवस थापाले जानकारी दिनुभयो ।उहांले समुदायमा देखिएको टड्कारो समस्या समाधानमा सहजीकरण गर्ने नगर, वडा, कन्जरभेसन एण्ड सस्टेनेबल एग्रिकल्चरलाई धन्यवाद समेत दिनुभएको छ । 


कमेन्ट गर्नुहोस्