
तिलोत्तमा, २० फागुन २०७९। नगर सरसफाई र हरियाली प्रवर्घनलाई मुर्तरूप दिन टोल विकाश संस्थालाई अधिकार सम्पन्न बनाईनु पर्नेमा एक कार्यक्रमका बक्ताहरूले माग गरेका छन । गाँउ -टोलमा हुने र भए-गरेका बिभिन्न खाले विकृति र विसंगति बिरूद्घ लड्न टोल विकाश संस्थाहरूलाई कानुनी रूप मै बलियो र अधिकार सम्पन्न बनाउनु पर्नेमा बक्ताहरूले जोड दिएका हुन ।तिलोत्तमा नगरपालिकाले शुक्रबार आयोजना गरेको टोल विकाश संस्थासँगको अन्तर्क्रिया कार्यक्रममा बोल्ने बक्हतारूले, छाडा चौपायाको उचित ब्यवस्थापन, हाटबजारबाट निस्कने फोहोरमैलाको सही बिसर्जन, सामुदायिक छाडा कुकुरहरूको अलग वासस्थान, १६/३६ तपाहा कुलोबाट बगेर आउने फोहोरको उचित बिसर्जन लगायतका कामलाई तत्काल समाधान गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगर प्रमुख रामकृष्ण खाँडले, नगर सरसफाईमा तिलोत्तमाले १०० औं श्रखला मनाउने क्रममा टोल विकाश संस्थाहरूबाट जिएको सुझाव मननीय र सह्रानीय रहेको बताउनुभयो । नगरप्रमुख खाँडले, तिलोत्तमालाई विकाशसिल र समृद्घ नगर बनाउन आम नगरबासीले अपनत्व लिनुपर्ने बताउदै शहरको जस्तो भौतिक विकाश र गाउँको जस्तो सामाजिक सद्भभाव अहिलेको आश्यकता रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमको उदेश्यबारे प्रकाश पार्दै अभियानका संयोजक एवं कार्यपालिका सदस्य सुरेन्द्र श्रीले, यही फागुन २५ गतेबाट शुरू हुने "ग्रिन तिलोत्तमा - क्लीन तिलोत्तमा" को १०० औं संस्करणलाई सफल पार्न विविध कार्यक्रमको आयोजना गरिएको जानकारी दिनुभयो । फागुन ३० गते आयोजना हुने मानव साँगंलो सहितको सरसफाई अभियानमा हजांरौंलाई सहभागी गराएर चैत्र १ गते मुल समारोहको आयोजना गरिने श्रीको भनाई थियो ।
.
तिलोत्तमा नगरपालिकाकी उप प्रमुख जगेश्वरदेवी चौधरीको विशिष्ट आतिथ्य रहेको कार्यक्रममा नगरस्तरीय टोल विकाश संजालका अध्यक्ष हेमराज पौडेल, सामाजिक विकाश समितिका संयोजक एवं कार्यपालिका सदस्य रवि सेन्चुरी, नगरस्तरीय विकाश बैठक संयोजक सीता भण्डारी,बातावरण तथा विपद व्यवस्थापन समितिका प्रमुख ईन्जिनियर युवराज पन्थि, बास सहकारी संस्थाका अध्यक्ष खेम गौतम, तिलोत्तमा टोल विकाश संजालका उपसंयोजक टोपलाल खनाल, तिलोत्तमा वडा न-८ का अध्यक्ष कृष्ण प्र पौडेल, तिलोत्तमा-७ का अध्यक्ष देवी पंगेनी, तिलोत्तमा-५ का अध्यक्ष रमेश डुम्रे तथा नगरभित्रका १९९ टोल विकास संस्थाका अध्यक्ष एवं तिनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।कार्यक्रम हरियाली प्रवर्द्धन एवं नगर सरसफाई संयोजक गोरखनाथ खनालको संन्चालनमा सम्पन्न भएको थियो ।
कमेन्ट गर्नुहोस्