
तिलोत्तमा,२०७९ फागुन १५।तिलोत्तमा नियमित सरसफाईको ९९ ओें संस्करण सम्पन्न भएको छ। यहि चैत्र १०० औ शृंखलाको ब्यापक तयारि गरेको तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न ६ को १२ नम्बर चोकमा ९९ ओें संस्करण सम्पन्न भएको छ। हरेक महिनाको १ र १५ गते हुने सो शृंखला अन्तर्गत आज सरसफाई अभियानको पछिल्लो संस्करण सम्पन्न भएको छ । यस अभियानमा नगर प्रमुख रामकृष्ण खांडको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यता तथा वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब ब्यक्त दिनु भएको छ । उहाँले १०० औ भाग भव्यताका साथ् मनाउन गैरहेको यो अभियानलाई घर घर बाट सहयोग रहनेमा बिश्वास ब्यक्त गर्नुभयो। सो कार्यक्रममा बोल्दै उप प्रमुख जगेश्वर देवी चौधरीले विगत वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्यमा उल्लेख्य सहभागीता रहने र सो कार्यमा सबै सरोकारवाला हरु र बिशेश गरि स्थानिय बासिको सक्दो सहयोग रहिरहने बिश्वास ब्यक्त गर्नु भएको थियो।
सोहि क्रममा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले वडा बासीको सहभागिताले नगर सरसफाईको अभियानलाई सहज र सरल संगै स्तरिय बनाएको बताउनुभयो। उहाँले १०० औ शृंखला सम्म आउनु कुनै सानो कुरा नभएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य र सरसफ़ाई तथा हरियाली र प्रदुषण बिनाको नगर बनाउने अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभएको थियो। आज सम्पन्न सरसफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको सन्चालन वडा नम्बर ६ का सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नु भएको थियो। कार्यक्रममा वडा अन्तर्गतका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, वडा सदस्यहरू संजय आचार्य,गोबिन्द रिजाल, सीता खनाल गौतम गीता गंधर्व, वडाका कर्मचारी भगवती तिवारी, मंज़ु के सी, सरस्वती पौडेल,सम्पुर्ण टोल विकास संस्था पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ६ का आम नागरिकहरुको सहभगिता रहेको थियो।
कमेन्ट गर्नुहोस्