लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा वडानम्बर-६ को आयोजनामा ३ महिने नि:शुल्क मन्टेश्वरी शिक्षक तालिम शुरु

IMG

तिलोत्तमा,२०७९ माघ ४ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले जिबनपयोगी तथा ब्यबहारिक मन्टेश्वरी शिक्षकहरुको लागि आधारभुत तालिम माघ ३ गते मंगलबार देखि शूरु भएको छ । तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकको अध्यक्षता तथा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख अतिथ्यतामा शुरु सो तालिममा वडा नम्बर ६ का स्थानिय महिलाहरुको उल्लेख्य सहभागिता रहेको छ। समुद्घाटन समारोहमा बोल्दै वडाध्यक्ष पाठकले ‘‘अहिलेको शिक्षालाई गुणस्तरीय र वैज्ञानिक बनाउनुपर्ने र यसको लागि आधाभुत तहमा शिक्षण गराउने शिक्षकहरुको  सिप र प्रविधिसंगै बालमनोबिज्ञान संगैको सिकाइ प्रक्रियामा दक्ष हुनुपर्ने बताउनुभयो ।’’


सो अवसरमा बोल्दै प्रमुख अतिथि नगरप्रमुख खाणले शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने साना बालबालिकाहरुलाई मन्टेश्वरी प्रयोत्मक विधिबाट पढाउन सहयोग पुग्ने र यस्ता तालिम जिबनपयोगी हुने अनि महिलाहरुमा स्वरोजगार समेत बढ्ने हुँदा यस्ताखाले तालिममा नगरपालिकाको ध्यान  जाने बताउनुभयो। तालिममा ५३ जना सहभागी रहेका छन् ।


उक्त तालिममा आर्ट एवम् कला बाल कथा, अडियो भिडियो तथा मन्टेश्वरी विधिका सैदान्तिक तथा प्रयोग्यात्मक तरिका सिकाइने वडाका सचिव कृष्ण बहादुर क्षेत्रीले बताउनुभयो । त्यस्तै कार्यक्रममा समाजसेवी रोमणी प्रसाद पाठक, तिलोत्तमा नगरपालिकाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरे, वडाका सबै सदस्यहरु तथा तालिमका प्रशिक्षक र सहभागीहरुको उल्लेख्य उपस्थिति थियो। 


कमेन्ट गर्नुहोस्