
तिलोत्तमा,२०७९ माघ ५ गते। पोखरामा भएको यति एयरलाईन्सको एटिआर ७२ बिमान दुर्घटना परी रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का एक चिकित्सक डा. गणेश थापाको समेत निधन भएपछि तिलोत्तमाको डिङ्गरनगरमा अहिले सन्नाटा छाएको छ । पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत तिलोत्तमाका डा. गणेश थापा २ साताको बिदा सकिएपछि आईतबार काठमाण्डौंबाट पोखरा जाँदै थिए। तर उनी सहित ६८ यात्रु र चालकदलका ४ सदस्य गरी ७२ जना सवार बिमान पोखरा बिमानस्थलमा नजिक दुर्घटनामा परेको थियो ।
तिलोत्तमा नगरपालिका ४ डिंगरनगरमा रहेको आफ्नै घर अगाडीको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु अध्ययन गरेका ३६ वर्षिय थापाले सरकारी छात्रवृत्तिमा चीनमा चिकित्सा शास्त्र अध्यायन गरेका थिए। प्लस टु अध्ययनपछि चीनको जिनिङ मेडिकल युनिभर्सिटीबाट एमबीबीएस अध्ययन गरेका थापाले अस्ट्रेलियाबाट एमपीएच अध्ययन गरेका थिए।
चीन र अष्ट्रेलियाबाट अध्ययन पुरा गरेपछि केहि वर्ष मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र वीरेन्द्र सैनिक अस्पतालमा काम गरेका उनि पछिल्ला केहि वर्ष यता ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत रहेका थिए। पोखरास्थित ब्रिटिश वेलफेयर अस्पतालमा कार्यरत डा,थापा पोखरामा बस्दै आएपनि चिकित्सक समेत रहेकी श्रीमती रोनी महर्जन र दुई वर्षिय छोरी काठमाण्डौंमा बस्थे भने बावु आमा डिंगरनगरमै बस्दै आएका छन्।डा.थापा बुवा पदम बहादुर बुचा र आमा सुर्य कुमारी बुचाका एकमात्र छोरा थिए।
कमेन्ट गर्नुहोस्