लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेयरकप क्रिकेटको उपाधी वडा नम्बर-१ लाई, बिजेताले पाए ५० हजार

IMG

तिलोत्तमा, २८ पौष २०७९।  तिलोत्तमामा सम्पन्न तिलोत्तमा मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ। टश जितेर पहिलो ब्याटिङ्गमा उत्रिएको वडा नम्बर ४ ले दिएको ५९ रन को टार्गेटलाई पार गर्दै वडा नम्बर १ ले सहजै जित हासिल गरेको हो। पहिलो ईनिङ्गमा ५९ रन को टार्गेट दिएको वडा नम्बर ४ ले निर्धारित ओभरमा आफ्ना सबै विकेट गुमाएको थियो।  सो नतिजालाई च्यालेन्ज गर्दै वडा अनाम्बर १ ले सहजै जित हासिल गरेको हो।  


नवजिबन खेलमैदान १० नम्बर नयामिल पश्चिम को मैदानमा खेलाइएको सो प्रतियोगितामा १५ टिम सहभागी थिए। क्लबका अध्यक्ष गिओविन्द भुसालको अध्यक्षता तथा तिलोत्तमा नगरपालिका का नगरप्रमुख  रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न सो प्रतियोगितामा बिजेता उपविजेता तथा बेस्ट बलर, बेस्ट किपिंग, बेष्ट खेलाडी तथा सहभागी सबै क्लबलाई ट्रफी मेडल तथा कप हस्तान्तरण गरिएको थियो।  प्रतियोगिताका बिजेताले ५० हजार नगद सहित शिल्ड मेडल पाए भने उपविजेताले २५ हजार नगद सहित शिल्ड मेडल पाए। प्रतियोगितामा प्लेयर अफ फाइनल बिपिन भट्टराई, बेस्ट बलर धिरेन राकस मगर, म्यान अफ द सिरिज तथा बेस्ट ब्याट्सम्यान महेन्द्र सुबेदी क्षेत्री भएका थिए। 


सो अवसरमा बोल्दै नगरप्रमुख खाणले युवाहरुलाई खेलकुदले एकत्रित गराउने र खेलकुदले समाजको बिकास मानबिय बिकास र स्वास्थ्यमा समेत राम्रो गर्ने हुदा यस खेलका आयोजक र सहभागी सबैलैई धन्यबाद ज्ञापन गरेका थिए। नगरप्रमुख खाणले मैदान र समागी अभावमा समेत राम्रो खेल प्रदर्शन गर्ने सबै खेलाडीप्रती आभार ब्यक्त गर्दै आगामी दिनमा यासलैई सुबिधाको लागि प्रतिबद्धता समेत ब्यक्त गरे। कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले खेलकुद अनुशासनको एउटा सिंगो पाटो भएकाले खेलाडीहरुले सो को पालना गर्दै समाज बिकासमा योगदान गर्नुपर्ने बताए।  उनले सहभागी सबै लाई बधाई दिदै अब तिलोत्तमाको समग्र क्रिकेटको ईतिहास रच्ने खालको टिम निस्किनुपर्ने समेत बताए। सो अवसरमा बोल्दै तिलोत्तमा -४ का पुर्व अध्यक्ष दिवाकर ढकालले युवाहरुको लागि रचनात्मक कार्य गर्न सफल नगरपालिकालाई धन्यबाद ज्ञापन गरेका छन् । 


कार्यक्रममा वडा नम्बर-४ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नम्बर-१ का अध्यक्ष फर्शुराम गिरी , कार्यपालिका सदस्य राधा कुमारी शाही , लक्ष्मी घिले, नर बहादुर छन्तेल,विभिन्न वडाका वडा सदस्यहरु, तिलोत्तमा वडा नम्बर ४ का पुर्व अध्यक्ष दिवाकर ढकाल,  समाजसेवी शरद भट्टराई लगायतको सहभागिता रहेको थियो। 


कमेन्ट गर्नुहोस्