लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा-१७ का १ सय १० भूमिहीनलाई लालपुर्जा बाँडियो

IMG

तिलोत्तमा,२०७९ पौष २१ । तिलोत्तमा नगरपालिका र नापी कार्यालय भैरहवाको सहयोगमा तिलोत्तमा नगरपालीका वडा नम्बर १५ र १७ का १ सय १० घर घुरीलाई लालपुर्जा वितरण गरिएको छ ।विहिबार एक कार्यक्रमको आयोजना नगरप्रमुख रामकृष्ण खाँण र उप प्रमुख जागेश्वर देवी चौधरी पुर्जा बितरण गरेका हुन ।७० बर्ष देखि भोगचलन गर्दै आएका भुमिहिनहरुले हाल सम्म पनि जग्गाधनी पुर्जा पाएका थिएन्न ।लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए । एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहिनहरुको लागि खुुसीको कुरा भएको बताए ।


जग्गाआफनो भएपनि लाजपुर्जा नहँुदा राज्यले दिने धेरै सुबिधाबाट बञ्चितहुन परीरहेको अवस्थमा लालपुर्जा पाएपछी हरेक क्षेत्रमा अव सहज हुने नगरप्रमुख खाँणले बताए ।व्यवसाय गर्न ऋण लिन, विदेश अध्यन गर्न जाने विद्यार्थीहरुका लागि लालपुर्जाकाले अव सहज हुने उनको तर्क थियो ।नगर प्रमुख खाणले नगरका अन्य वडाहरुमा समेत यस्तो धेरै समस्या रहेको भन्दै अव तिसमस्याहरु विस्तारै समाधान गर्दै जाने प्रतिवद्धता समेत जनाए ।नगरपालिकाका उप–प्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताईन । नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीब यादवले तिलोत्तमा १५ नम्बर वडामा ३५ घरधुरी र १७ नम्बर वडाका ७५ घरधुरीलाई गाउँ ब्लक अन्र्तगतको लालपुर्जा बितरण गरीएको बताएका थिए ।


वडाका विभिन्न खाले सुकुम्बासीसमस्या लाइ सपना पुरा गर्ने लक्ष्यमा अगाडी बढिएको बताउदै तिलोत्तमा-१७ का वडा अध्यक्ष दान बहादुर चौधरीले गाउँ ब्लकमा बसेका ३४ मध्ये १४ ब्लकका घर परिवार को खुसि फर्किएको छ, अब बाँकी २० वटा ब्लककोपनि केहि दिनमै बितरण गर्ने बताउनुभएको छ। 


रुपन्देहीमा गाउँ ब्लक सख्या १८५० रहेकोमा ६ सय ब्लककाम सकिएको र लालपुर्जा बितरण समेत भैसकेको उनको भनाई छ । जग्गा धनीपुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा बिभीन्न चरणमा काम भैरहेको बताउँदै उनले लालपूर्जा नभएको क्षेत्रमा प्रक्रिया पुरा गरी वितरण गरिने बताए ।नापी कार्यालय भैरहवाले २ बर्ष भित्र भुमिहिनलाई लालपुर्जा बितरण सकिने गरी काम भैरहेको कार्यालय प्रमुख यादवको भनाई छ ।


कमेन्ट गर्नुहोस्