लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमा मेलामा दर्शकको घुइंचो,ख्यातिप्राप्त कलाकारको प्रस्तुतिले तानिए दर्शक

IMG

तिलोत्तमा, १७ मंसिर २०७९। तिलोत्तमा उद्योग व्यापार संगठन रुपन्देहीको मुख्य आयोजना तथा तिलोत्तमा चेम्बर अफ कमर्श, तिलोत्तमा नगरपालिका र तिलोत्तमा उद्योग बाणिज्य संघ रुपन्देहीको सहआयोजनामा मणिग्राममा शुरु भएको तिलोत्तमा महोत्सवको दोस्रो दिन शनिबार मात्र १ करोडको कारोबार भएको आयोजकले जनाएको छ । साथै महोत्सवमा एकैदिन २० हजार दर्शकले अवलोकन गरेको आयोजक संस्था तिलोत्तमा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष प्रेम जीएमले जानकारी दिए ।


उनले महोत्सवमा बढ्दै गएको भिडलाई देखेर आयोजकपनि उत्साहित भएको जानकारी दिए । महोत्सवमा ख्यातिप्राप्त लोक तथा दोहोरी गायक रामजी खाण, डान्सर प्रिती पाश्वान, गायिका सपना गाहा, गायक दामोदर बश्याल, गायिक एन्जिला रेग्मी,गायक गोकुल न्यौपाने र उद्घोषक तथा गायक दिपु मगर लगायतको प्रस्तुतीले महोत्सवको माहोल तातेको थियो ।यसैबीच तिलोत्तमा डान्स आइडल २०७९, मम्मी डान्स आइडल २०७९, बिद्यालय स्तरिय नृत्य प्रतियोगिताको पहिलो चरणका कलाकारको प्रस्तुती रहेको डान्स आईडल उद्घोषक दिपु मगरले बताए । उनका अनुसार दर्शकको मत र जज हरुको मुल्यांकनको आधारमा टप कलाकारले सो प्रतियोगिताको उपाधि जित्ने छ।


महोत्सव परिसरमा सेल्फी खिच्ने र टिकटक बनाउनेको भीड 

राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय अर्थतन्त्र , राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औधोगिकरण , ब्यापार बिबिधिकरण भन्ने मूल नारा बोकी शुरु भएको महोत्सवमा कृर्षीको पेभिलियन, ब्यापार पेभिलियन, बाल उधान, होटल रेस्टुरेण्टका अर्गानिक स्वादिष्ट परिकार सहित स्थानिय ब्यापारमा  शनिबार दर्शकको भिडले सम्पुर्ण स्टल व्यवसायीहरुले सन्तोषजनक कारोवार भएको बताएका छन् ।


सास्कृतिक कार्यक्रम अन्तर्गत आइतबार मङ्सिर १८ गते ख्याति प्राप्त लोक तथा दोहोरी गायक राजु परियार,डान्सर प्रिती पाश्वान,गायिका आशा बिसी, गायक दिपक दर्लामी, गायक अनिल पहाडीका साथमा बेजोड नृत्य प्रस्तुतिसंगै तिलोत्तमा डान्स आइडल २०७९, मम्मी डान्स आइडल २०७९, बिद्यालय स्तरिय नृत्य प्रतियोगिता तथा कार्यक्रम संचालकको रुपमा लिलाधर प्रतिक रहने ब्यबस्थापक रामु सापकोटा बताए। 


कमेन्ट गर्नुहोस्