
तिलोत्तमा सिटी न्युज, कार्तिक ०९ गते २०७९। बुटवलका सादगी पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।दुई साताअघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ४८ वर्षीय रानाको आज बुधबार बिहान मृत्यु भएको हो ।स्याङजाको कालिगण्डकी गाउँपालिका ३ बिर्घा स्थायी घर भएका रानालाई डेंगुसँगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।
बुटवलको रेडियो जागरणका समाचार प्रमुख रहेका राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्वकार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए ।स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामा निश्कलंक र स्वच्छ छवि बनाएका थिए । केही वर्ष अघि क्यान्सरका कारण श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् ।घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसँगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको छ।
कमेन्ट गर्नुहोस्