लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देही २ मा ३ जनाको उम्मेदवारी खारेज भयो, पौडेललाई सहज

tillotmacitynews - 2022 Oct 12 12:22 AM
IMG

तिलोत्तमा, २०७९ असोज २५ गते। एक-एक सिटका लागि सत्ता गठबन्धनसँग सङ्घर्ष गरेर एकीकृत समाजवादीले प्रतिनिधि सभामा जम्मा १९ सिट पायो। त्यसमा पनि बैङ्किङ कसुरमा कालो सूचीमा परेकालाई उम्मेदवार बनाउँदा समाजवादीको एक सिट घट्यो नै रुपन्देही २ मा गठबन्धन उम्मेदवारहीन बन्न पुगेको छ। रुपन्देही २ बाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ विरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो। तोकिएको अवधिमा गुरुङले कालो सूचीबाट हटेको प्रमाण पेस नगरेपछि जिल्ला निर्वाचन कार्यालयले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको छ।


आयोगको विज्ञप्ति अनुसार एकीकृत समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य क्षेत्र नं. २ रुपन्देहीका गुरुङ र सोही क्षेत्र तथा पदका स्वतन्त्र उम्मेदवार श्री हिमाल बस्यालको प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ को खण्ड (ज) तथा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २६(ज) बमोजिम निर्वाचनमा उम्मेदवार हुन अयोग्य देखिएकोले निज उम्मेदवारहरूको मनोनयन खारेज हुने गरी आजै निर्णय भएको उल्लेख छ।


रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ मा एमालेबाट विष्णु पौडेल उम्मेदवार छन्। गठबन्धनको उम्मेदवार अयोग्य भएपछि उनलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न सहज भएको छ।हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा निकोलस (कमल)  भुसालको उम्मेदवारी समेत खारेज भएको छ। सरकारी सुविधा लिइरहेकै अवस्थामा उनी उम्मेदवार बनेका थिए।


कमेन्ट गर्नुहोस्