लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सच्याउन सत्ता गठबन्धनको माग

tillotmacitynews - 2022 Oct 12 09:45 PM
IMG

तिलोत्तमा, २०७९ असोज २६ गते। रुपन्देही निर्वाचन क्षेत्र न‌ं. २ मा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय तत्काल सच्याउन सत्ता गठबन्धन दलले माग गरेका छन्। बुधबार निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिँदै उनीहरुले उम्मेदवारी खारेजीको निर्णय सच्याउन र तालिका परिवर्तन गर्न माग गरेका हुन्।


रुपन्देही २ मा विष्णु पौडेलका मुख्य प्रतिस्पर्धी गुरुङसहित ३ जनाको उम्मेदवारी खारेज

रुपन्देही २ मा सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका गुरुङको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले मंगलबार राति खारेज गरेको थियो।बैंकिङ कसुरको मुद्दामा कालोसूचीमा परेको भन्दै गुरुङविरुद्धको उम्मेदवारी खारेज गरिएको सूचनामा उल्लेख थियो। त्यस्तै हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसालको पनि उम्मेदवारी खारेजीमा परेको छ।नेपाली कांग्रेस रुपन्देही २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा समाजवादी रुपन्देहीका उपाध्यक्ष चिन बहादुर गुरुङ, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष पदम श्रेष्ठ, नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य हरि घर्तीले संयुक्त निवेदन दिँदै उम्मेदवारी खारेज गर्ने आधार नभएको भन्दै निर्णय सच्चाउन माग गरेका हुन्।


बैंकिङ कसुरले डुबायो राजुलाई, विष्णु पौडेलको चुनौतीको पहाड पन्छिएकै हो त?

ज्ञापनपत्रमा गठबन्धनका उम्मेदवार गुरुङविरुद्ध कुनै उजुरी नपरेको अवस्थामा कुनै संस्थाले भनेको आधारमा उम्मेदवारी खारेजी गरेको भन्दै राजनीतिक पूर्वाग्रह राखिएको आशंका गरिएको छ।ज्ञापनपत्रमा निर्वाचन अधिकृत राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाको निजी सचिवालयबाट काजमा आएकाले  निष्पक्षतमाथि प्रश्न गरिएको छ। गुरुङको मुद्दा पाटन उच्च अदालतमा विचाराधीन रहेकाले उम्मेदवारी खारेज गर्न नमिल्ने सत्ता गठबन्धनको जिकिर छ। 

कमेन्ट गर्नुहोस्