
तिलोत्तमा, २०७९ असोज २४ गते। अन्तत : रुपन्देहीको क्षेत्र नम्बर ५ को एमाले उम्मेदवार निर्बाचन आयोगले टारेको छ। समयको उम्मेद्वारीलाई पहिलो आधिकारिकता दिंदै निर्बाचन आयोगले सो क्षेत्रम तिलोत्तमा नगरपालिकाका प्रथम नगरप्रमुख बासुदेव घिमिरेलाई आधिकारिकता प्रदान गरेको छ। टिकट बाँडफाँटलाई ‘मजाक’का रुपमा लिदाँ नेकपा एमालेले राष्ट्रियसभामा एमालेको एक सीट गुमाएको छ ।राष्ट्रियसभामा एमालेका सचेतक खिमलाल भट्टराईको पद पनि गुमेको छ, भने रुपन्देही ५ मा उम्मेदवारको आधिकारिकता पनि पाउन सकेनन् । रुपन्देहीको क्षेत्र नं ५ मा अन्ततः नेकपा एमालेबाट वासुदेव घिमिरेको उम्मेदवारी कायम भएपछि भट्टराई यता न उता भएका छन् । उनले पार्टी अध्यक्षको आदेशमा पत्रसहित अपराह्न पौने ५ बजे मनोनयन दर्ता गरेका थिए ।
यसअघि सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट निर्वाचन लड्नका लागि शनिवार अपराह्न नेकपा एमालेले लुम्बिनी प्रदेश सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख वासुदेव घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो ।शनिवार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपराह्न साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपराह्न पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेश गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। यता हिजो उम्मेद्वारी दिदै गर्दा सोहि दलका नेता खिमलाल भट्टराईले बासुदेव घिमिरे राम्रो र विकासप्रेमी नेता भएको र नजिकको साथि र आदर सम्मान गर्ने समेत बताएका थिए। भट्टराईले पार्टीको निर्णय मानुपर्छा भन्दै आफुले जो सुकै आएनी पुर्ण सहयोग समेत गर्नुपर्छ भनेका छन्। प्रतिनिधि सभा उम्मेदवार क्षेत्र नम्बर ५ का बासुदेव घिमिरे एक विकासप्रेमी र भिजनशिल नेता मानिन्छन।
कमेन्ट गर्नुहोस्