लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द

tillotmacitynews - 2022 Oct 06 09:18 AM
IMG

तिलोत्तमा सिटी , २०७९असोज २०।पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । बिहान पहिरो खसेपछि सडक बन्द भएको हो ।पाल्पाको रिब्दीकोट गाउँपालिका–२, खस्यौलीको जोर्ते क्षेत्रमा ठूलो पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जोर्ते बजार नजिकैको सडक चौडा गरेको ठाउँमा पहिरो खसेको हो ।सडक बन्द हुँदा गुल्मी, बाग्लुङ, अर्घाखाँचीबाट बुटबल तथा काठमाण्डौ आउने/जाने गाडी र यात्रु बाटोमै रोकिएका छन् । सकेसम्म छिट्टै सडक खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्