लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ज्ञान र भरपुर मनोरंजन हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवापुस्तामा लोकप्रिय

tillotmacitynews - 2022 Sep 26 07:11 PM
IMG

तिलोत्तमा सिटी , २०७९असोज १०। हाँस्य टेलिश्रृखंला ‘अति भो’ युवाहरुमाझ लोकपृय बन्दै गइरहेको छ। हास्यव्यङ्यको माध्यमबाट समाजमा रहेका कुरीतिहरुलाई हटाउने र मनोरन्जन दिने उद्देश्यका साथ शुरु भएको यो टेलिसिरियलले आफ्नो प्रशारणको एक सय १७ भाग पूरा गरेको निर्देशक सुरज खनालले बताए ।टेलिसिरियल अतिभो ले  कमेडी सँगसँगै समाज सुधारका कथामा केआधारित रहेर निर्माण गरिएको उनले बताए । यो सिरियल हरेक आइतबार राती ८ः५० बजे नेपाल टेलिभिजन अनि  ९ः३० मा मिडिया हब अफिसियल युटुब च्यानलबाट प्रशारण हुँदै आएको छ।


सुरज खनालले निर्देशन गर्दै आएको टेलिसिरियलमा कलाकार रियाशा दाहाल, सुरज खनाल, शर्मिला शर्मा,सोभाखर खनाल, रिता सिवाकोटी,युबराज तिमल्सिना, सुबु शाही,सुमन खनाल, धनराम मुस्कान ,अजय रेग्मी,रेसम बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् । यो सिरियलको छायांकन दिलिप बिष्टले गर्दै आएका छन् भने,सम्पादन रबिन भट्ट, अशोक चौधरी अनि नमिता चालिसेले गर्दै आएका छन् । त्यसैगरी सिरियलको लेखन सुरज खनाल र ओकेश पनेरुले गर्छन् भने टेलिश्रृखंलालाई मिडिया हब प्रालिले प्रस्तुत गर्दै आएको छ।


हाँस्यव्यङ्य क्षेत्रमा प्रतिष्ठित कलाकारहरुलाई समेटेर ११७ अंक पूरा गरिसकेको यो सिरियललाई दर्शकले धेरै माया गरेकै कारण आफूहरुलाई थप उत्साह आएको र बजारदेखि ग्रामीण सबैले मन पराएको कलाकार शोभाखर खनालले बताए । उनले दर्शकको सुझावका आधारमा हरेक अंकमा नयाँ सन्देश दिनेगरी निर्माण गरिएको बताए ।



 

कमेन्ट गर्नुहोस्