
तिलोत्तमा सिटी न्युज, भदौ २९ गते २०७९। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१५ सखुवानी बस्ने बर्ष ४२ को जगदिश चौधरीलाई आफ्नै घरकोठा भित्र खाटमा सुतिरहेको अवस्थामा निजकै श्रीमति ग्रिजा देवी थारुले हत्या गरेको प्रहरीले जनाएको छ। घरमा रहेको फलामको धारिलो दाउले घाटी तथा शरिरको बिभिन्न भागहरुमा प्रहार गरि हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
जगदीश मृत अबस्थामा भेटिएको र आर्थिक लेनदेन एवं घरायसी बिवादले त्यस्तो घटना भएको प्रारम्भिक अनुसन्धानले बताएको छ। घटनामा संलग्न सोहि स्थान बस्ने बर्ष ५२ को फुल चन्द्र वानियासंंग अबैध सम्बन्ध रहेकोले निजकै सहयोगमा घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले संलग्न दुबैजनालाई पक्राउ गरी थप अनुसन्धान कार्य भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठग बहादुर केसीले जानकारी दिएका छन्।
कमेन्ट गर्नुहोस्