लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नगर बाल संजाल तिलोत्तमाको आयोजनामा कबिता प्रतियोगिता

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २९ गते २०७९।  नगर बाल संजाल तिलोत्तमाको आयोजनामा ५८ औ राष्ट्रिय बाल दिवसको अवसर पारेर वार्ड स्तरिय कबिता प्रतियोगिता सम्पन्न भएको छ।  तिलोत्तमा नगरपालिकाको प्राङ्घाणमा सम्पन्न सो कार्यक्रममा तिलोत्तमाका १७ वटै वडाका बाल संजालका प्रतिनिधिहरुले भाग लिएका थिए।  


संजालका अध्यक्ष स्नेहा पौडेलको अध्यक्षता तथा नगरप्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यता एबम नगर उपप्रमुख जागेश्वर देवी चौधरीको बिशिष्ठ अतिथ्यतामा भएको प्रतियोगितामा "बालमैत्री समाजको आधार, जिम्मेबार परिवार उत्तरदायी सरकार" बिषयक कबिता प्रतियोगिता भएको हो।प्रतियोगितामा वडानम्बर २ कि मनिसा पराजुली प्रथम भईन भने दोस्रो पुरष्कार वडा नम्बर १ कि क्रिन्जल शर्मा र तेस्रो वडा नम्बर १४ कि सिर्जु पन्थी भईन। प्रतियोगितामा प्रथम, दित्तीय र तृतीय हुनेले क्रमश: जनही ४ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन्। बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक डा. शालिक राम पौडेल र डा. प्रेम प्रसाद तिवारी रहेको निर्णायक मण्डलले प्रतियोगीहरुबाट नतिजा सार्बजनिक गरेको हो।  


प्रतियोगिताको सन्दर्भमा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले बिद्यार्थी जिबनबाटै प्रतिभाको प्रस्फुटन गर्ने र समाजलाई समृद्धिको बाटोमा डोहोर्याउन सकिने गरि अघि बढ्नु पर्ने बताउनुभयो।  कविताको मर्म समाजको ऎना भएकोले साहित्य मार्फत पनि समाज सुधार हुने उहाँले बताउनुभयो।  त्यस्तै सोहि कार्यक्रममा बोल्दै नगर उप प्रमुख जागेश्वरदेवी चौधरीले विद्यार्थीको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने माध्यम बनाएकोमा नगर बाल संजाल प्रति धन्यबाद ज्ञापन गर्नुभयो। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले सबै प्रतियोगीहरुलाई बधाई तथा शुभकामना दिनुभयो।कविता प्रतियोगीतामा सहभागी सबैलाई शुभकामना दिदै उहाले आगामी दिनमा अझै प्रगतिको कामना समेत गर्नुभयो।  


ईभाञ्जिला श्री को स्वागत मन्तब्यबाट शुरु सो कबिता प्रतियोगिता कार्यक्रमको संचालन नगर बाल संजालका सचिव सचेत बस्नेतले गरेका थिए। 

 

कमेन्ट गर्नुहोस्