लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एफएनजे रुपन्देहीका सबै पत्रकारका लागि १ लाखको दुर्घटना बीमा

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २८ गते २०७९।  नेपाल पत्रकार महासंघ रुपन्देहीले आफ्ना सदस्यहरुका लागि दुर्घटना बिमा गरेको छ । महासंघले सामूहिक बिमा अन्तरगत १ लाख बराबरको औषधी उपचार दाबी गर्न पाउने गरी बिमा कम्पनीसँग सम्झौता गरिएको रुपन्देही अध्यक्ष रामराज पोखरेलले जानकारी दिए ।सो अवसरमा बोल्दै अध्यक्ष पोखरेलले पत्रकारिता गर्ने पत्रकारहरु जस्तो सुकै ठाउँमा गएर पनि रिपोर्टिंग गर्नुपर्ने र त्यस्ता खालका स्थानमा बढी जोखिम हुने हुँदा पत्रकारको बिमा मार्फत केहि भएपनि राहत दिने उदेश्यले सो कार्य अघि बढाइएको बताउनुभयो।  सो सम्झौताको बारेमा बोल्दै शिखर इन्स्युरेन्सका ब्रान्च म्यानेजर बिकाश गौतमले पत्रकारको कुनैपनि कारणले हुने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न बिमाले सघाउने हुँदा पत्रकार सबैको बिमा गरिदिने पत्रकार महासंघ रुपन्देहीप्रति धन्यबाद ज्ञापन गरेका छन्। 


महासंघ अन्तरगत रहेका ३१६ जना सदस्यहरुको सुरक्षाका लागि शिखर इन्स्योरेन्ससँग भाद्र २८ गते महासंघ कार्यालयमा बिमा सम्झौता गरिएको हो । महासंघमा आबद्ध सदस्यहरु कुनै पनि दुर्घटना परेको खण्डमा औषधिउपचार गराउन सहज हुने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्