लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्रोत बिनाको साढे ७ लाख रुपैयाँसहित एकजना पक्राउ

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २६  गते २०७९। प्रहरीले वीरगञ्जबाट स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जना पक्राउ गरेको छ ।पोखरिया नगरपालिका वडा नं.९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलम पक्राउ परेका हुन् ।वीरगञ्ज महानगरपालिका–२ श्रीराम सिनेमा हल पछाडिको गोरेटोबाट दिउँसो साढे १ बजे उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।


प्रहरीले उनी सवार प्रदेश २–३–०१२ प २०४६ नम्बरको प्लाटिना मोटरसाईकल रोकी चेकजाँच गरेको थियो । उनले लगाएको जिन्सपाइन्टको खल्तीबाट ७ लाख ५३ हजार ३ सय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्