लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको हरियाली प्रबर्द्धन गर्न हाइवेको बिरुवा काँटछाट गरिदै

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २४ गते २०७९। चाडबाड नजिकिदै गर्दैगर्दा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर सुन्दर बनाउने अभियान अन्तर्गत हाइवे तथा बुद्धपरिपथ एबम ठुला पुर्व पश्चिम सडकका दाँयाबाँया रहेका बिरुवा सुन्दर तरिकाले काँटछाँट गरेको छ।  नगरपालिकाको बाताबरण तथा विपद ब्यबस्थापन शाखाको पुर्ण ब्यबस्थापन तथा निगरानीमा सो कार्य धमाधम भएको संयोजक सुरेन्द्र श्रीले बताए।  


एकहप्ता भित्र सडकमा ठुला हाँगा भएका, लतारिएका तथा अस्वाभाविक देखिएका बिरुवाको एउटै तरिकाले  काँटछाँट गरि सुन्दर बनाउन लागिपरेको बाताबरण तथा विपद ब्यबस्थापन समितिका संयोजक श्रीले बताए।अहिले योगीकुटी चोकदेखि शुरु गरिएको सो अभियान लगत्तै सोहि स्थानबाट सरसफाईको अभियानलाई समेत घरघरबाट सबै वार्डमा सहज बाताबरणमा सम्पन्न गरिने बाताबरण शाखाका इन्जिनियर युवराज पन्थीले बताए। इन्जिनियर पन्थीले दक्ष कारिगरद्वारा बोट काँटछाँट गरि मिलाउने कार्य भैरहेको बताउदै यस लगत्तै सरसफाईको कार्य अघि बढ्ने बताए। 


त्यसो त हरियाली प्रबर्द्धन  र सरसफाईको कार्यलाई नियमित रुपमा अगाडी बढाइएकोले नगरको सुन्दरता अझै बढ्दै गएको बाताबरण शाखा अधिकृत संयोजक गोरखनाथ खनालले बताए।  सबैको सहयोगले नगर सुन्दर, हरियाली र सरसफाई युक्त बन्ने हुँदा सबैको सहयोग अपरिहार्य रहेको उनको भनाई छ। नगर भित्रको पुर्व पश्चिम सडक केहि बन्ने तरखरमा रहेको र केहि बनिरहेकोले सम्पन्न भएपछि मात्र त्यसका दाँया र बाँया समेत हरियाली प्रबर्द्धन गर्ने योजना रहेको अधिकृत खनालले बताए।   

कमेन्ट गर्नुहोस्