लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाका नमुना आमा समूहलाई शाइन रेसुङ्गाद्वारा बित्तिय साक्षरता

IMG

तिलोत्तमा सिटी न्युज, भदौ २१ गते २०७९।तिलोत्तमा नगरपालिका–३ को आमा समुहलाई शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक शंकरनगर शाखाको आयोजनामा बित्तिय साक्षरता कार्यकम सम्पन्न भएको छ ।तिलोत्तमा ३ को नमुना आमा समुहका महिलाहरुका लागि डिजिटल बैकिङ र वित्तीय साक्षरता सम्बन्धी ८० जना भन्दा बढी महिलाहरुलाई प्रशिक्षण प्रदान गरिएको शाईन रेसुङगा डेभलपमेन्ट बैंक शंकरनगरकी शाखा प्रबन्धक पवित्रा खनालले जानाकारी दिइन्।


साक्षरता कार्यक्रममा बैंकका केन्द्रीय कार्यालयका डिजिटल हेड नारायण न्यौपाने र अञ्जली केसीले आमा समुहलाई डिजिटल बैंकिङ प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाहरुका बारेमा जानकारी दिएका शंकरनगर शाखाकी कर्जा प्रमुख किरण ज्ञवालीले जानकारी दिए ।सुचना प्रबिधिको युगमा डिजिटल बैंकिङ र बित्तिय साक्षरता बारे विशेष गरी महिला दिदी बहिनीलाई पनि जानकारी गराउन आबश्यक रहेकाले कार्यक्रममा सहभागि भएको र तालिम फलदायी भएको आमा समूहकी अध्यक्ष भगवती फुल्लेलले जानकारी दिइन् । कार्यक्रममा क्वीज प्रतियोगिता गरी विजयीलाई उपहार प्रदान गरिएको थियो ।

कमेन्ट गर्नुहोस्