लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लिम्पियाधुराबारे बोल्नु पर्दैन ?-गठबन्धनलाई ओलीको प्रश्न

IMG

तिलोत्तमा सिटी न्युज, भदौ ६ गते २०७९। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नक्सा भारतलाई मन नपरेको बताएका छन् ।सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले नेपाली भूमि ६० वर्ष अगाडिदेखि भारतले भोगचलन गरिरहेको बताए ।आफूहरु सरकारमा हुँदा नयाँ नक्सा जारी गरेको र नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेको भन्दै ओलीले भने, ‘म सुन्छु, भारतलाई मन परेको छैन रे ! भारतलाई मन पर्छ कि पर्दैन होइन, मन पर्नुपर्छ । जमिन फिर्ता गर्नुपर्छ ।’


यसबारे नबोलेको भन्दै उनले गठबन्धनका शीर्ष नेताहरुमाथि प्रश्न गरेका छन् । ‘लिम्पियाधुरा, लिपुलेक कालापानी बोल्न सक्छन् ?’ उनले भने, ‘म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीजी, तपाईंको प्रदेशको नक्सा, तपाईंको जिल्लाभन्दा एक जिला परतिरको नक्सा, लिम्पियाधुरा, लिपुलेक कालापानी तपाईंको हो कि होइन ? बोल्नुहुन्न उहाँ ।’हालै मात्र भारत भ्रमणमा जाँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नक्साबारे कुरा नगरेको भन्दै उनले प्रश्न गरे । उनले भने, ‘महान क्रान्तिकारी भन्ने प्रचण्डजी लिम्पियाधुरा ,कालापानी कसको हो भन्नुस् ?’उनले माधव नेपाललाई पनि बोल्न आग्रह गरे । तर उनलाई शेरबहादुर र प्रचण्डलाई बोलाएको, आफूलाई भारत नबोलाएकोमा मात्र छटपटी रहेको ओलीले टिप्पणी गरे 

कमेन्ट गर्नुहोस्