लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नवलपरासीमा कार्यरत गुल्मीका पत्रकार पोखरेलको रुखबाट लडेर निधन

IMG

तिलोत्तमा सिटी न्युज, जेष्ठ २५ गते २०७९ । पत्रकार राजु पोख्रेलको असामयिक निधन भएको छ । पोखरेलको मंगलबार दिउँसोे गुल्मीस्थित घर मै रुखमा घाँस झार्ने क्रममा लडेर मृत्यु भएको हो । कार्य क्षेत्र नवलपरासी भएका ३४ वर्षिय पोखरेल परिवारजन भेट गर्नका लागि ५ दिनअघि मात्र धुर्कोट गाउँपालिका–४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाईते पोखरेलको केहि बेर अघि तम्घास स्थित जिल्ला अस्पतालका डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नवलपरासीको बर्दघाटमा रहेको दौंतरी एमफमका स्टेशन म्यानेजर रहेका पोखरेल क्रियाशिल पत्रकार थिए । उनी प्रेस सेन्टर नेपाल नवलपरासी ( पश्चिम ) का जिल्ला अध्यक्ष समेत हुन् । दुई कायकाल देखि प्रेस सेन्टर नवलपरासीको नेतृत्व सम्हालेका पोखरलेको दुखत निधन प्रति प्रेस सेन्टर नेपालको केन्द्रिय कार्यालयले शोक ब्यक्त गरेको छ । केन्द्रिय कार्यालय सदस्य मनोज घर्तीले ब्यक्तिगत र सिंङ्गो प्रेस सेन्टरको तर्फबाट शोक ब्यक्त गरेका छन् । यता गृहजिल्ला गुल्मी सहित लुम्बिनी प्रदेश भित्रका पत्रकारहरुले पनि पोखरेलको निधनप्रति समाजिक सञ्जालमार्फत शोक ब्यक्त गरेका छन् ।स्वर्गिय पत्रकार पोख्रेलका तीन भाई, चार दिदी ,बाबू–आमा र ७ वर्षीया छोरी छन् ।

कमेन्ट गर्नुहोस्