लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एसईई परिक्षाको पहिलो दिन शान्त र मर्यादित :तिलोत्तमा मेयर घिमिरे

IMG

तिलोत्तमा सिटी, बैशाख ९ गते २०७९। आज बैशाख ९ गते शुक्रबारबाट देशभर शुरु भएको रास्ट्रीय परिक्षा बोर्ड अन्तर्गत एसईई परिक्षाको पहिलो दिन तिलोत्तमाको परिक्षा शान्त, मर्यादित र सौहार्द बताबरण्मा सम्पन्न भएको तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरेले बताउनुभयो। एसईई परिक्षाको अनुगमनका क्रममा तिलोत्तमका केही सामुदायिक बिद्यालयमा नगरप्रमुख घिमिरे सहित शिक्षा शाखा प्रास रमा अर्याल,नगर शिक्षा समिति सदस्य रमेश ज्ञवाली लगायत सम्बन्धित् बिद्यालयका प्रधानाध्यापक तथा निरिक्षकहरुको उपस्थितिमा परिक्षा अनुगमन गरिएको थियो। परिक्षाको पहिलो दिन अग्रेजी बिषयको परिक्षा शान्त र मर्यादित रुपमा सम्पन्न भएको नगरपालिका शिक्षा समितिले जनाएको छ। 


परिक्षामा सम्मिलित विद्यार्थीहरुलाई समयमा प्रबेशपत्र सहित परिक्षा स्थानमा पुगी शान्त मर्यादित र नआत्तिकन  समयमै परिक्षा सक्नुहुन सबै विद्यार्थीलाई आग्रह गर्दै परिक्षा सफलताको शुभकामना दिदै नगर प्रमुख घिमिरेले परिक्षाको समयमा खट्नुहुने शिक्षा समिति , सुरक्षा निकाय, बिद्यालय परिवारलाई ध्यानाबाद समेत ब्यक्त गर्नुभएको छ।  


कमेन्ट गर्नुहोस्