लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामीको सामाजिक बहिस्करण प्रभाव न्युनिकरण सम्वन्धी अन्तरक्रिया सम्पन्न

IMG

तिलोत्तमा सिटी,चैत्र २५ गते २०७८। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सञ्चालित सुरक्षित आप्रवासन (सामी)परियोजना अन्तरगत  आप्रवासन  असर तथा प्रभाव साथै आप्रवासी कामदारहरुलाई सामाजिक बहिस्करण प्रभाव न्युनिकरण सम्वन्धी समुदायिक अगुवाहरुसगँको अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ।तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जीवन ज्ञवालीको अध्यक्षतामा नगरपालिकाको सभाहलमा समुदायका अगुवाहरुसगँ अन्तरक्रिया गरीएको हो।


कार्यक्रममा वैदेशिक रोजगारीको अवसर चुनौती, वैदेशिक रोजगारीको सकरात्मक तथा नकरात्मक दुवै पाटाहरुमा रहेर छलफल गरि वैदेशिक रोजगारमा गएका परिवारका सदस्य प्रति समाजमा भएको विभेद साथै देशमा भित्रिएको रेमिटान्सको योगदान,महिलाको भुमिका,महिलाको योगदानको कदर गर्दै यसले बढाएको सामाजिक लागतमा रहेर तुलनात्मक रुपमा छलफल गरी समाजमा व्याप्त सामाजिक लाञ्छनाहरु जस्ता समस्याहरु न्युनिकरण गर्न सरोकारवाला र अगुवाहरुको महत्वपुर्ण भुमिका रहेको निष्कर्श राखिएको थियो ।


सामाजिक शाखाका बरिस्ठ सामाजिक परिचालक अल्पा घिमिरेको संचालनमा भएको सो कार्यक्रममा सामी परियोजना शाखा तिलोत्तमाका प्रमुख सिता पन्थ, सृजना भट्टराई , शकुन्तला ढकाल , विभिन्न वार्डका महिला तथा अगुवाहरुको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्