लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'कोडा' ले जित्यो सर्वोत्कृष्ट ओंस्कर अवार्ड

IMG

चैत्र १७ गते २०७८,तिलोत्तमा सिटी।फिल्म 'कोडा' ले अस्कर अवार्डको सर्वोत्कृष्ट पुरस्कार  जितेको छ ।'कोडा' फिल्म यस्तो फिल्म हो जसका धेरैजसो पात्र कान नसुन्ने हुन्छन् । उनीहरुले माछाको सानोतिनो व्यापार गर्ने हुन्छन् । यो परिवारकी एक छोरी कान सुन्ने हुन्छिन् ।उनकै सहारामा परिवार अगाडि बढेको हुन्छ । फिल्म कोडाबाट ट्रोय कोट्सरले सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड पाए ।यस्तै, विल स्मिथले 'किङ्ग रिचर्ड' फिल्मबाट सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका छन् ।यस्तै, 'द आइज अफ ट्यामी फेय'का लागि जेसिका चेस्टनले सर्वोत्कृष्ट अभिनेतृ तथा 'द पावर अफ द डग' का लागि 'जेन क्याम्पियन'ले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्।अमेरिकाको लस एन्जलसमा नेपाली समयअनुसार साेमवार बिहान भएको अवार्ड समारोहमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिल्मको अवार्ड जापानी फिल्म 'ड्राइभ माइ कार'ले पाएको छ । 

कमेन्ट गर्नुहोस्