लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘डी सिने अवार्ड’को बाह्रौं संस्करण चैत १२ गते धुलिखेलमा हुने

IMG

२०७८ चैत ७, तिलोत्तमा सिटी ।  कोभिडका कारण २ वर्षदेखि हुन नसकेको ‘डी सिने अवार्ड’को बाह्रौं संस्करण चैत १२ गते धुलिखेलमा हुने भएको छ । आइतवार अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । २०७६ मा रिलिज भएका ३६ फिल्म सहभागी भएको अवार्डमा उत्कृष्ट नायकको विधामा दयाहाङ राई, पुष्पल खड्का, आर्यन सिग्देल, दीपकराज गिरी र विपिन कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ ।

 

 उत्कृष्ट नायिकाको मनोनयनमा वर्षा सिवाकोटी, साम्राज्ञी आरएल शाह, नम्रता श्रेष्ठ, सुरक्षा पन्त र केकी अधिकारी परेका छन् भने उत्कृष्ट निर्देशनको प्रतिस्पर्धामा दीपेन्द्र लामा, प्रदीप भट्टराई, विकासराज आचार्य, नवल नेपाल र रामबाबु गुरुङ छन् । उत्कृष्ट फिल्मका लागि ‘कबड्डी कबड्डी कबड्डी’, ‘मारुनी’, ‘हजार जुनीसम्म’, ‘जात्रै जात्रा’ र ‘छ माया छपक्कै’बीच प्रतिस्पर्धा हुनेछ । 

 

बाह्रौं छाँयाछवि ‘डी सिने अवार्ड’का लागि लेखक तथा निर्देशक कलाकार मोहन निरौला, निर्देशक राजेन्द्र उप्रेति, संगीतकार सन्तोष श्रेष्ठ र अभिनेत्री तथा साहित्यकार शोभिता सिंखडा निर्णायक रहेका थिए । अवार्डका अध्यक्ष शान्तिप्रियले कोरोनाले दुई वर्ष रोकिए पनि अब हरेक वर्ष अवार्ड नियमित रुपले गर्दै लगिने बताए । ‘डी सिने अवार्ड’ मोफसलमा पनि आयोजना भइसकेको छ । 

कमेन्ट गर्नुहोस्