लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रेबिज के हो र कसरी बच्ने?

IMG

 २०७८ चैत ६, तिलोत्तमा सिटी । रेबिज जनावरको टोकाइका क्रममा र्‍यालबाट सर्ने प्राण घातक रोग हो। यो रोग लागेपछि त्यसको संक्रमण स्नायू प्रणालीमा हुन्छ र रोग लागेको व्यक्ति वा जनावरले असामान्य स्वभाव देखाउँछ। बिशेषगरी यो रोगबाट संक्रमित कुकुर, विरालो, मुसा वा जंगली जनावरको टोकाइबाट सर्छ।


रेबिजबाट कसरी बच्ने

१ घरपालुवा जनावरलाई जथाभावी बाटोमा नछोड्ने।

२ घरपालुवा जनावरलाई रेबिजविरुद्धको खोप लगाउने।

३ त्यस्ता जनावरले टोेकेपछि साबुनपानीले कम्तीमा १५ मिनेट धुने र प्राथमिक उपचार गरी अस्पताल जाने।

४ रेबिज विरुद्धको खोप लगाउने।

५ कुकुरलाई नजिस्क्याउने। कुकुरले खाना खाइरहेको र बच्चालाई दूध चुसिरहेका बेला नचलाउने।



कमेन्ट गर्नुहोस्