लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

युक्रेनी शरणार्थीलाई हेरचाह गर्नेलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड दिने घोषणा

IMG

 २०७८ फागुन २९ , तिलोत्तमा सिटी  ।  युक्रेनी शरणार्थीलाई हेरचाह गर्ने परिवारलाई बेलायत सरकारले प्रतिमहिना ३५० पाउण्ड (करिब ५४ हजार रुपियाँ) दिने घोषणा गरेको छ । दोश्रो विश्व युद्धपछि सबैभन्दा बढी युरोपमा शरणार्थीहरु बढ्ने आशंका भइरहेकोमा बेलायतमा खाली भएका घर र खाली कोठा दिनेहरुलाई सो रकम दिने बताइएकाे हाे ।


बीबीसीद्वारा प्रकाशित समाचारमा ‘होम्स फर युक्रेनी’ अर्थात् युक्रेनीहरुको लागि घर भन्ने नयाँ स्किममा सरकारले युक्रेनी शरणार्थी राख्नेलाई सो रकम उपलब्ध गराइनेछ, उल्लेख छ ।यो नीति अनुसार कम्तीमा छ महिनासम्म घर, कोठा वा सम्पत्ति दिने बेलायती परिवारलाई सरकारले रकम दिने बताइएको छ

कमेन्ट गर्नुहोस्