लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कर्मचारी युनियन रुपन्देहीले एक हजार सदस्यको बीमा गर्‍यो

IMG

तिलोत्तमा सिटी,फागुन १४ गते २०७८।नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गरेको छ  ।  सगरमाथा इन्स्योरेन्स कम्पनीबीचमा युनियनले बुधबार बुटवलमा एक कार्यक्रमकाबीच १ हजार ३८ सदस्यहरुको बीमा सम्झौता गरेको हो । 


युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय र सगरमाथा इन्स्योरेन्स कम्पनी बुटवल शाखाका प्रमुख रोमनाथ ढकालबीच बीमा सम्झौता गरिएको हो ।  नेपाल निजामती कर्मचारी युनियका केन्द्रीय उपाध्यक्ष मदन गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । सो अवसरमा बोल्दै केन्द्रीय उपाध्यक्ष गौतमले जिल्ला कार्यसमिति रुपन्देहीले आफ्ना सदस्यहरुको बीमा गरेर फरक खालको तर उदाहरणीय कार्य गरेको बताए । उनले दुर्घटनाबाट हुने क्षतिको न्यूनीकरणको लागि बीमाको आवश्यकता रहेकोमा जोड दिए ।  


नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष चक्रपाणी पाण्डेयले निर्वाचित भएर आएपछि युनियनको पहिलो बैठकले सदस्यहरुको बीमा गर्ने निर्णय गरे बमोजिम बीमा गरिएको जानकारी दिए  । उनले संगठन विस्तार गर्दै सदस्यहरुको सेवासुविधा तथा हकहितको लागि युनियनले काम गर्दै आएको बताए  ।त्यस्तै जिल्ला उपाध्यक्ष टेकराज पन्थीले जिल्लामा रहेका १ हजार ३८ सदस्यहरुको १ लाख बराबरको दुर्घटना बिमा गरिएको जानकारी दिए । सगरमाथा इन्स्योरेन्स बुटवलका शाखा प्रमुख रोमथनाथ ढकालले दुर्घटनाबाट अंगभग वा मृत्यु भएमा बीमाले एकलाख रकम भुक्तानी दिने जानकारी दिए  । 


कार्यक्रममा केन्द्रीय सचिव गणेश भण्डारी, केन्द्रीय सदस्य इन्दु शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्का, सिविए उपाध्यक्ष भोजराज न्यौपाने, सह-सचिव पदम आचार्य लगायतले बोलेका थिए । 

कमेन्ट गर्नुहोस्