लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सार्वजनिक स्थलमा अनुमतिबिना फोटो,भिडियो खिच्न नपाइने

IMG

तिलोत्तमा सिटी,माघ १३ गते २०७८।  सार्वजिनक स्थलमा अनुमतिबिना कसैको पनि फोटो तथा भिडियो खिच्ने एवम् सामाजिक सञ्जालमा प्रकाशित गरेमा कारवाही हुने भएको छ ।सरकारले बिहीबार एक विज्ञप्ती जारी गर्दै जथाभावी सार्वजनिक स्थलमा तस्वीर र भिडियो खिच्ने तथा सामाजिक सञ्जालमा पोष्ट गर्ने गतिविधिले सर्वसाधारणमा मानसिक तथा शारीरिक असर परेको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिएको छ ।गृहमन्त्रालयद्वारा जारी विज्ञप्तीमा त्यस्ता गतिविधिप्रति सरकारको ध्यानाकर्षण भएको बताउँदै कुनैपनि व्यक्तिको अनुमति बिना सार्वजनिक स्थलमा फोटो तथा भिडियो खिची सामाजिक सञ्जालमा प्रकाशित गरेमा कानून बमोजिम कारवाही गर्ने जनाएको छ । 

कमेन्ट गर्नुहोस्