लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

IMG

२०७८ माघ ९, तिलोत्तमा सिटी।नेपालमा छायांकन भएको साउथ इन्डियन (मलयालम) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक भएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतको भिडियोमा नेपाली अभिनेत्री स्वस्तिमा खड्काले बोल्ड अवतारमा कम्मर मर्काएकी छन् । उनलाई यति बोल्ड अवतारमा दर्शकले पहिलो पटक देखेका हुन् । डान्सिङ थिमको गीतको भिडियोमा उनको आकर्षक नृत्यले ध्यान खिच्छ । 

 

फिल्म मलयालम भाषामा निर्माण भए पनि गीत भने हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नब्बरको शब्द रहेको गीतमा चर्चित गायिका सुनिधि चौहानको स्वर सुन्न सकिन्छ । गीतको छायांकन काठमाडौंको दरवार स्क्वायरमा भएको पृष्ठभूमिमा देखिने दृश्यहरुले बुझाउँछ । फिल्मको कथालाई पनि जोडिएको गीतमा स्वस्तिमासँगै कोरस डान्सरमा नेपाली युवतीहरु देखिएका छन् । 

 

राजीव शेठ्ठीको निर्देशनमा तयार भएको ‘थिरिमाली’ लाई नेपालमा पोखरा, काठमाडौं, लुक्ला लगायतका विभिन्न रमणीय स्थानमा खिचिएको छ । केही दिनअघि फिल्मको सार्वजनिक ट्रेलरमा नेपालका दृश्यहरुलाई पर्याप्त स्थान दिइएको थियो । गत वर्ष कोरोना महामारीको समयमा नेपालमा छायांकन भएको फिल्मले भारतबाट नेपाल आएका तीन जना साथीको कथालाई प्रस्तुत गरेको छ ।

 

हिन्दी, मलयालम, कन्‍नड, तमिल र तेलूगू भाषामा रिलिज हुने फिल्ममा नेपाली कलाकार माओत्से गुरुङ र उमेश तामाङको पनि अभिनय रहेको छ । स्वस्तिमा भने आइटम गीतमा मात्र देखिनेछिन् । भारतीय कलाकारहरु विविन जर्ज, जोनी एन्टिवनी, सलिम कुमार, इनोसेन्ट, सोहन सीनुलाल, हरीश कणरण, अन्ना राजनको मुख्य भूमिका रहेको फिल्मलाई फजल अलीले खिचेका हुन् । 

कमेन्ट गर्नुहोस्