लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बालबालिकामा देखिएकाे हात, पैताला तथा मुखकाे राेग के हाे, कसरी सर्छ?

IMG

२०७८ मङ्सिर २४ , तिलोत्तमा सिटी।

१० बर्ष मुनिका बालबालिकाको हात,पैताला तथा मुखमा आउने स-सना राता बिमिराहरुलाई हात, पैताला, तथा मुखको रोग भनिन्छ। यो रोगको कारक भाइरस भनेको कोक्सेक्की भाइरस र इन्टेरो भाइरस ७१ हुन्।


लक्षणहरु

- ज्वरो आउनु

-खाना नरुच्नु

-घाँटी दुख्नु

-जिब्रो, गिजा, गाला, पैताला र हत्केलामा रातो बिमिरा आई पानी र पिप जस्तो घाउहरु देखिनु


यो रोग लागेमा के-के कुराहरुमा ध्यान दिनुपर्छ?

-बिरामी बच्चालाई धेरै पानी खुवाउने

-नरम खाना तथा झोलिलो खाने कुराहरु खुवाउने

- पर्याप्त मात्रामा आराम गराउने

- मुखको अल्सरबाट आउने ज्वरो र दुखाइ कम गर्नका लागि सो अनुसारको उपचार दिने

-बिरामी बच्चाको सम्पर्कमा आएपछि साबुनपानीले हात धुने


यो रोग कसरी सर्छ?

बिरामी बच्चाको सिँगान, र्याल खकार साथै फोकाको पिपबाट यो रोग सर्न सक्छ।


रोकथामको उपाय

नियमित सरसफाइ नै यस रोगबाट बच्ने मुख्य उपाय हो।

सामान्यतया यो रोग एक हप्तमा सञ्चो हुन्छ तर कुनै कठिनाई भएमा तुरुन्तै अस्पताल गई स्वास्थ्यकर्मीको सल्लाह लिनुहोस्।


 

कमेन्ट गर्नुहोस्