लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

आईपीएल २०२२ मा २७ खेलाडी रिटेन, कुन टिममा को-को ?

IMG

२०७८ मङ्सिर १५,तिलोत्तमा सिटी। 

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ का लागि पुराना ८ फ्रेन्चाइजले कुल २७ खेलाडी रिटेन गरेका छन् ।१५औं संस्करणको आईपीएलमा लागि मेगा अक्सन हुँदैछ र त्यसअघि फ्रेन्चाइजलाई बढीमा चार खेलाडी रिटेन गर्न दिइएको छ । नोभेम्बर ३० सम्मको डेडलाइनमा ८ फ्रेन्चाइजले आफ्नो अनुकूल अनुसार खेलाडी रिटेन गरेका छन् । जसमा चार टिमले चार/चार खेलाडी रिटेन गर्दा तीन टिमले समान तीन र एक टिमले २ खेलाडी मात्र रिटेन गरेका छन् ।


चार खेलाडी रिटेन गर्ने टिमको ४२ करोड तलब खर्च हुनेछ । यस्तै तीन खेलाडी रिटेन गर्नेको ३३ करोड र दुई खेलाडी रिटेन गर्ने टिमको १८ करोड खर्च हुनेछ ।यस पटक खेलाडीको लागि एक टिमले कुल ९० करोड भारु खर्च गर्न पाउनेछ । अक्सनअघि पञ्जाव किंग्ससँग सबैभन्दा धेरै ७२ करोड रकम बाँकी छ ।आईपीएलमा दुई नयाँ टिम थपिएपछि नयाँ सिजन १० टिमबीच प्रतिस्पर्धा हुने छ । दुई नयाँ टिम लखनउ र अहेमदावादले भने रिटेन गरेका बाहेकका खेलाडीबाट अक्सन अघि तीन/तीन खेलाडी राख्न पाउनेछन् । जसमा बढीमा दुई भारतीय र एक विदेशी खेलाडी रहनेछन् ।


कुन टिमले कुन-कुन खेलाडी रिटेन गरे ?


चेन्नाई सुपर किंग्स : रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी, मोइन अली, रुतुजा गायकवाड ।


मुम्बई इन्डियन्स : रोहित शर्मा, जसपि्रत बुमराह, सूर्य कुमार यादव, कायरन पोलार्ड ।


दिल्ली : ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शा, एनरिक नोर्किअ ।


कोलकता नाइट राइडर्स : आन्द्रे रसेल, बेनकाटेस अयेर, वरुण चक्रवर्ती, सुनिल नारिन ।


रोयल च्यालेन्जर्स बैंगलोर : विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज ।


राजस्थान रोयल्स : सन्जु सामसन, जोस बटलर, यशस्वी जैशवाल ।


सनराइजर्स हैदरावाद : केन विलियम्सन, अब्दुल सामद, उर्मान मलिक ।


पञ्जाब किंग्स : मायांक अग्रवाल, अर्शदी सिंह ।

कमेन्ट गर्नुहोस्