लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘गोरखा’ मा बलिउड नायक अक्षयकुमारले अभिनय गर्ने

IMG

एजेन्सी । बलिउड नायक अक्षर कुमारले वास्तविक कथामा आधारित फिल्म ‘गोरखा’ मा काम गर्ने भएका छन् । आनन्द एल रायले निर्माण गर्न लागेका गोरखा फिल्मको पोस्टर सार्वजनिक भएको छ । गोर्खा रेजिमेन्टका मेजर जेनरल इयान कार्डोजोको जीवनीमा आधारित यो फिल्मको पोस्टर शुक्रबार सार्वजनिक भएको हो । यो फिल्म वास्तविक कथामा आधारित हुने बताइएको छ ।


सन् १९६२ को सीनो(इन्डियन लडाईं, १९६५ लडाईंमा लडेका कार्डोजो पाकिस्तानविरुद्धको १९७१ को लडाईंका लागि परिचित छन् । पाकिस्तानको केन्द्रीय फौजका विरुद्ध अग्रपङ्तीमा रहेर गोरखा फौजको एउटा टुकडी लडाई लडेको थियो । सो लडाईमा ५०० जनाको गोरखा फौजले ठूलो संख्यामा रहेका पाकिस्तानी फौजलाई आत्मसमर्पण गराएको थियो । मेजर जनरल इयान एउटामात्र खुट्टाका भरमा पाकिस्तानका विरुद्ध लडाई लडेको कथामा आधारित सो फिल्म तयार पारिएको बताइएको छ ।यो फिल्मलाई चर्चित निर्देशक सञ्जय पुरन सिंह चौहानले निर्देशन गर्नेछन् भने कलर येलोको ब्यानरमा यो फिल्म बन्नेछ छ।

कमेन्ट गर्नुहोस्