लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बाघको आक्रमणबाट बाँकेमा एक भारतीयको मृत्यु

IMG

तिलोत्तमा सिटी, २८ भदौ २०७८।  पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ ।राप्ती सोनारी गाउँपालिका-१ गाभरमा एकजना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताएका छन् ।बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भएपनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने काम गर्ने र उनको मानसिक सन्तुलन ठिक नभएको एसपी अधिकारीले बताए ।बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले बाघले खाएका ती व्यक्तिको खुट्टामात्रै फेला परेको बताए ।

कमेन्ट गर्नुहोस्