लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महाकाली तुइन घटनाको सत्यतथ्य छानबिन र कारबाही हुन्छ : गृहमन्त्री खाँण

IMG

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महाकाली नदीमाथिको तुइनको डोरी निकालिदिँदा एक नेपाली नागरिक नदीमा खसेको घटनाबारे छानविन गर्न सरकारले समिति बनाएको छ ।शुक्रबार बिहान दार्चुलाको ब्यास गाउँपालिका–२ स्थित मालघाटमा तुइनबाट नदी तर्ने क्रममा एसएसबीले फलामे डोरी निकालिदिँदा महाकाली नदीमा खसेर ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।गृहमन्त्री बालकृष्ण खाँणले गृहसचिवको नेतृत्वमा छानबिन समिति गठन गठन गरेका हुन् । समितिमा गृह मन्त्रालयका प्रवक्ता, नेपाल प्रहरीका सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी र दार्चुलाको सहायक प्रमुख जिल्ला अधिकारी सदस्य छन् ।गृहमन्त्री खाँणले जतिसक्दो छिटो सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।


हाम्रो संलग्नता छैन:भारतीय एसएसबि

महाकाली नदीमा भारतीय अर्धसैनिक बल एसएसबीले तुुइन काटेका कारण युुवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले एसएसबीको संलग्नता अस्विकार गरेको छ ।शनिबार दार्चुुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई पत्र पठाउँदै भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले समाचारमा आएजस्तो सो घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका छन् ।घटनाको सम्बन्धमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय समकक्षी पिथौरागढका जिल्ला अधिकारीले आनन्द स्वरुपलाई पठाएको पत्रको जवाफ दिंदै एसएसबीको संलग्नता नभएको दाबी गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले बताए । पत्रमा भारतीय पक्षले टुइन तर्न नसकेर आफै नेपाली युवक महाकालीमा खसेको बताईएको उनले बताए ।


उताबाट आएको लिखित पत्रमा बाहिर आएजस्तो एसएसबीको संलग्नता छैन । त्यो हाम्रो उद्देश्य पनि होइन भन्नुुभएको छ ।’ प्रजिअ जोशीले भने । पत्रमा भारतीय पक्षले घटना भएको बेला एसएसबी मालघाट क्षेत्रमा ड्युटीमा खटिएको कुरा भने साँचो भएको जिल्ला अधिकारी आनन्दस्वरुपले पत्रमा उल्लेख गरेको स्विकार गरेको प्रमुुख जिल्ला अधिकारी जोशीले जानकारी दिए । घटनापछि युुवकको खोजी कार्यमा नेपाली पक्षलाई सघाउन भारतले एसएसबीको टोली समेत महाकाली नदीमा परिचालन गरेको भारतीय अधिकारीले बताएको जोशीले बताए । पिथौरागढका जिल्ला अधिकारीले पठाएको पत्र प्रजिअ जोशीले शनिबार नै गृह मन्त्रालयमा पठाइसकेको समेत जानकारी दिए ।


शुुक्रबार बिहान भारतीय भूूमि हुँदै दार्चुलाको सदरमुुकाम खलंगा आउने क्रममा व्याँस गाउँपालिका–२ स्थित मालघाटमा तुुइन तर्ने क्रममा सोही गाउँपालिकाको मालका जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएका थिए । सो सम्बन्धमा बुझ्न स्थानीय प्रशासनले शुुक्रबार भारतीय जिला अधिकारीको कार्यालयलाई पत्राचार गर्दै घटनाको छानविन गरेर सहयोग गरिदिन पत्राचार गरेको थियो ।जयसिंहलाई तुुइनमा राखेर आफुले नदी पार गराएको दाबी गर्ने स्थानीय कल्यानसिंह धामीले एसएसबीले रुखमा बाँधिएको डोरी निकालेपछि उनी नदीमा खसेको बताएपछि घटना राष्ट्रिय चासो बनेको थियो । शुुक्रबार बिहान नदीमा खसेका धामी अझै फेला परेका छैनन् ।

कमेन्ट गर्नुहोस्