लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

IMG

तिलोत्तमा सिटी,१६ साउन २०७८,शनिबार। नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् ।  गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।सरकारले आवश्यक ठानेर मलाई नियुक्ति गरेकोले त्यो जिम्मेवारीबाट टाढा नहुने र विकासमा अग्रणी भएरै काम गर्ने शेरचनले बताए ।


प्रदेश प्रमुख शेरचनले भने, ‘म कुनै दलको कार्यकर्ता भएपनि विकासकालागि सबै दल सँग सहकार्य गरेर अगाडि बढ्नेछु ।’ ०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

कमेन्ट गर्नुहोस्