लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली कांग्रेसको बाँकी विवाद टुंग्याउन थप २४ घण्टा

IMG
तिलोत्तमा सिटी,१३ साउन २०७८,बुधबार।नेपाली कांग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ ।पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बुधबार बसेको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । रमेश लेखक नेतृत्वको छानविन समितिले मंगलबार पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५/१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उनले बताए ।प्रवक्ता शर्माका अनुसार समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुनेछ ।क्रियाशील सदस्यता छानबिन नटुंगिएका कारण कांग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ भने १६ साउनमा तोकिएको ७५३ गाउँ तथा नगर अधिवेशन पनि नहुने निश्चित छ ।

कमेन्ट गर्नुहोस्