लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अखिल र युथ फोर्स तत्काल खारेज गर्नुपर्छ : योगेश भट्टराई

tillotmacitynews - 2021 Jul 24 08:03 AM
IMG


 'समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत बाहुबली  समूहहरू तत्काल खारेज गर्नु पर्दछ । ' 

तिलोत्तमा सिटी,९ साउन २०७८,शनिवार। नेकपा एमालेका सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसमक्ष युथ फोर्स र अखिल फोर्स तत्काल खारेज गर्न माग गरेका छन् ।भट्टराईले अनेरास्ववियू र युवा स‌ंघजस्ता संगठनलाई ओझेलमा राखेर निर्माण गरिएका अखिल र युथ फोर्सको कुनै औचित्य नभएको उल्लेख गर्दै तत्काल खारेजीको माग गरेका हुन् । समाजमा आत‌ंकको आभास दिने र युवाहरूलाई कानुन हातमा लिएर राजनीतिलाई आपराधीकरण गर्न उद्दत समूहहरू खारेज हुनुपर्ने भट्टराईको माग छ ।


भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, 'समाजमा आतंकको आभास दिने र युवाहरुलाई अराजनीतिकरण गर्दै कानुन हातमा लिएर राजनीतिलाई अपराधीकरण गर्न उद्दत यस्ता बाहुबली समूहहरु तत्काल खारेज गर्नु पर्दछ । अनेरास्ववियू र युवासंघ जस्ता संगठनलाई सही नीति र नेतृत्व प्रदान गरेर राजनीतिक र सामाजिक काममा अग्रसर गर्नु पर्दछ । के काम हुन्छन जो युवासंघ र अनेरास्ववियूले गर्न नसक्ने तर युथफोर्स र अखिल फोर्सले मात्र गर्नसक्ने ?


'सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको भोलिपल्ट असार २९ गते एमाले नेता महेश बस्नेत समूहले युथ फोर्स गठन गरेको थियो। एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्यूँताएको युवा संघका इन्चार्ज महेश बस्नेतले बताएका थिए । क्षितिज थेवेको नेतृत्वमा युथ फोर्सको पुनर्गठन गरिएको छ । त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओली पक्षको युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि असार ३१ गते वरिष्ठ नेता माधव नेपाल समूहले अखिल फोर्स गठन गरेको हो । तपेन्द्रजंग शाहीको नेतृत्वमा अखिल फोर्स गठन गरिएको छ ।

कमेन्ट गर्नुहोस्