लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सत्तापक्ष भाग्नु कायरता हो, बजेट फेल : विपक्षी गठबन्धन

tillotmacitynews - 2021 Jul 15 06:16 PM
IMG


तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार। प्रदेशसभाबाट बजेट अस्वीकृत भएको लुम्बिनी प्रदेशसभाका विपक्षी गठबन्धनका नेताहरुले दाबी गरेका छन् । प्रदेशसभा भवनमा बिहीबार साँझ विपक्षी गठबन्धनले पत्रकार सम्मेलन गर्दै उनीहरुले सत्तापक्ष नै बैठक छाडेर गएका कारण बजेट स्वत: अस्वीकृत भएको दाबी गरेका हुन्।पत्रकार सम्मेलनमा बोल्दै प्रदेशसभामा प्रमुख विपक्ष दल नेपाली काङ्ग्रेसका नेता विरेन्द्र कनोडियाले प्रदेशसभामा बजेट फेल हुने अवस्था देखेपछि सत्तापक्ष एमालेले बैठक बहिस्कार गरेको बताए । निर्णायार्थ पेश गर्न पर्ने मुख्यमन्त्री स्वयंको अगुवाईमा बैठक बहिस्कार गरिएका कारण बजेट फेल भएको र सरकार अल्पमतमा रहेको पुनः प्रमाणित भएको बताए ।


नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीले मध्यरातमा प्रदेशसभा स्थगित गर्ने वा कुनै षड्यन्त्र भए प्रदेश प्रमुखकै विरुद्धमा आन्दोलन केन्द्रीत गरिने चेतावनी दिए । जनता समाजवादी पार्टी संसदीय दलका नेता सहजराम यादवले सत्तापक्षले संसद बहिष्कार गर्नु भनेकै बजेट फेल हुनु भएको बताए ।

कमेन्ट गर्नुहोस्