लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

लुम्बिनी प्रदेश सभाको बैठक अन्यौलमा, मुख्यमन्त्री आन्तरिक छलफलमा

IMG

तिलोत्तमा सिटी ३१ असार २०७८, बिहिवार। लुम्बिनी प्रदेश सभा बैठक स्थगनको निर्धारित समय सकिएको आधा घण्टा बढी समय भए पनि अझै बस्न सकेको छैन । प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तिले प्रतिपक्षसँग छलफल गर्न आधा घण्टाका लागि सदन स्थगित गरी साढे ५ बजेका लागि बैठक बोलाए पनि अहिलेसम्म सुरु हुन सकेको छैन ।


बैठकको माग गर्दै प्रतिपक्ष दलका सांसदहरु बैठकहलमै बसीरहेका छन् भने सत्ता पक्षका सांसदहरु सभाकक्ष बाहरि रहेका छन् । यसैगरी बैठक कक्षबाट बाहिरिएका मूख्यमन्त्री शंकर पोखरेलले एमाले संसदीय दलको कार्यालय छलफल गरिरहेको स्रोतले बताएको छ । सत्ता पक्षले नै बैठकको बहिस्कार गरेपछि साझ ६ बजे विशेष पत्रकार सम्मेलन गरेका प्रतिपक्ष दलको कार्यक्रम पनि अन्यौलमै परेको छ । प्रदेश सभामुखले बैठकका लागि सत्तापक्ष र प्रतिपक्षदलहरुसँग समन्वय गरिरहे पनि अहिले सम्मब बैठक अन्यौलमै रहेको हो ।


कमेन्ट गर्नुहोस्