लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जनताको जीवन रक्षा मेरो पहिलो प्राथमिकता:गृहमन्त्री बालकृष्ण खाँण

IMG

तिलोत्तमा सिटी ३० असार २०७८, बुधवार। नवनियुक्त गृहमन्त्री बालकृष्ण खाँणले बुधबार कार्यभार सम्हालेका छन् ।उनले मन्त्रालय पुगेर कार्यभार सम्हालेका हुन् ।मंगलबार शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गरे पनि उनले मन्त्रीको कार्यभार सम्हालेका थिएनन् ।बुधबार नै ऊर्जा मन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पनि बुधबार नै पदभार ग्रहण गरेका छन् । कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने मंगलबार नै पदभार ग्रहण गरेका थिए ।नवनियुक्त गृहमन्त्री  खाँडले नेपाली जनताको जीवन रक्षा आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।


कमेन्ट गर्नुहोस्