लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

महान्यायाधिवक्ता रमेश बडालद्वारा पदबाट राजीनामा

IMG

तिलोत्तमा सिटी २९ असार २०७८, मंगलवार। महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका महान्यायाधिवक्ता बडालले आज राजीनामा दिएका हुन् ।सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि बडालले राजीनामा दिएका हुन् । बडालले प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् ।आजै अपरान्ह महान्यायाधिवक्ता कार्यालयमा बडालको बिदाई कार्यक्रम राखिएको छ ।सरकार परिवर्तनसँगै महान्यायाधिवक्ताले पनि राजीनामा दिने प्रचलन रहँदै आएको छ । यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन गर्दा सरकारको राम्रो बचाउ नगरेको भन्दै आलोचना भएपछि अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले बडाललाई नियुक्त गरेका थिए ।


बडालले प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलास गठनप्रति आपत्ति जनाउँदै इजलासका न्यायाधीसहरुमाथि नै टिप्पणी गरेका थिए । संवैधानिक इजलासले सोमबार गरेको फैसलामा बडाल र सरकारी पक्षका वकिलहरुको अभिव्यक्तिबारे टिप्पणी गर्दै असन्तुष्टि जनाएको छ ।फैसलामा लेखिएको छ, अदालतले भनेको छ, ‘विषयको संवेदनशीलतालाई हेरी दोस्रो पटक इजलास गठन भएपछि रिट निवेदन उपर प्रारम्भिक सुनुवाइ पनि नहुँदै प्रत्यर्थी नेपाल सरकार सम्बद्ध निकाय र पदाधिकारीहरूको तर्फबाट सरोकार रहेको भनी प्रतिनिधित्व र प्रतिरक्षा गर्न उपस्थित हुन आउनुभएका विद्वान महान्याधिवक्तालगायतका सरकारी वकिलहरूसहितका कानुन व्यवसायीहरूबाट जे जो भाषा, शैली, तर्क र विषयवस्तु प्रस्तुत हुन आए, त्यसलाई स्वाभाविक, तार्किक र ग्रहणयोग्य मान्न सकिएन ।’

कमेन्ट गर्नुहोस्