लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले कार्यदलमा प्रवेश गरेका मुख्य दुई विषय

IMG

असार २३ गते बुधबार २०७८ तिलोत्तमा सिटी। नेकपा एमालेको एकता कायम गर्न गठित कार्यदलले सहमतिको अन्तर्वस्तुबारे छलफल शुरु गरेको छ ।६ जेठपछि पहिलो पटक सोमबार बसेको कार्यदलको बैठकमा सामान्य समीक्षा गरेर सकिएको थियो । तर मंगलबार दिउँसो सिंहदरबारमा बसेको बैठकमा भने दुवै पक्षले औपचारिक रुपमा आ-आफ्नो अडान प्रस्तुत गरेका छन् । ‘मुख्यगरी दुई विषयले प्रवेश पाएको छ । सांगठानिक विषय कसरी टुंग्याउने र सर्वोच्च अदालतको विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरबारे के गर्ने ?’, कार्यदलका एक सदस्यले भने ।बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सदस्यहरुले एमालेको एकता जोगाउन एमाले पार्टी कमिटी सम्पूर्ण रुपमा २ जेठ अगाडिको अवस्थामा फर्काउनुपर्ने अडान लिएको छ भने विचाराधीन मुद्दामा भएको हस्ताक्षरबारे मौन रहने बताएको छ ।तर अध्यक्ष केपी शर्मा ओली पक्ष यो प्रस्तावमा सहमत भएन । ओली पक्षका कार्यदल सदस्यहरुले अदालतमा दायर रिटमा संलग्न हस्ताक्षरलाई विशेष जोड दिएका थिए । ‘राष्ट्रिय राजनीतिमा एमालेलाई एकठाउँ राख्न पनि यो विषयबारे बोल्न जरुरी छ’, ओली तर्फका सदस्यहरुको जोड थियो ।


प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले पनि १९ असारको बालुवाटार बैठकबाट अदालतको फैसला आउँदासम्म हस्ताक्षर फिर्ता नलिने नेता एमाले हुन नसक्ने चेतावनी दिएका थिए । कार्यदलका सदस्यहरुले पनि यो विषयलाई जोड दिएका छन् । सोमबारको बैठकमा पनि एकता कायम गर्नेगरी हुने सहमतिमा अदालतमा दर्ता भएको हस्ताक्षरबारे पनि बोल्नुपर्ने कुरा राखेका थिए । ‘अदालतमा पेश भएको हस्ताक्षर फरक परिवेशमा भएकाले त्यसबारे नबोलौं भन्ने हाम्रो कुरा हो’, माधव नेपाल पक्षका कार्यललका एक सदस्यले भने । माधव पक्षका नेताहरुले संसद् र संविधान जोगाउने प्रयोजनका निम्ति हस्ताक्षर भएको, तर पार्टी एकता बिथोल्ने गरी प्रचार गरिएको गुनासो गरेका छन् ।


बैठकमा नेपाल पक्षले २३ फागुन यता दुवै पक्षबाट भएका सवै निर्णय खारेज गर्नुपर्ने अडान लिएको छ । दुवै पक्षबाट भएको निर्णय खारेज हुँदा एमाले २ जेठ २०७५ अगाडिकै अवस्थामा र्फकने तर्क यो समूहका नेताहरुको छ ।ओली पक्षले भने २ जेठ २०७५ भन्दा माओवादी तर्फबाट आएका नेताहरु र साविकको नेपाल कम्युनिष्ट पार्टी -नेकपा) हुँदा थपिएका एमाले तर्फकै केन्द्रीय सदस्यहरु समेत छुट्ने तर्क गरेका छन् । अर्थात्, अहिले अध्यक्ष ओली सांगठानिक रुपमा जुन ठाउँमा पुगेका छन्, त्यहीबाट अगाडि बढ्ने भन्ने प्रस्ताव छ ।

कमेन्ट गर्नुहोस्