लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘पर्सिदेखि सबैलाई खोप’ भनेर जग हँसाउने?- नेता बाबुराम भट्टराई

IMG

असार १९ गते शनिबार २०७८ तिलोत्तमा सिटी। सरकारले कुल जनसंख्याको ३ प्रतिशतलाई कोभिड-१९ विरुद्धको दोस्रो मात्राको खोप लगाएको दावी गरेको छ। यसबारे आफ्नो धारणा राख्दै पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले पूरा खोप लगाउनेको संख्या ३ प्रतिशत भन्दा कम हुनु गम्भीर कुरा भएको बताएका छन्।शुक्रवार ट्विट गर्दै भट्टराईले देशमा कोरोनाको संक्रमण दर २०-२५ प्रतिशत हुँदा पूरा खोप लगाउनेको संख्या ३ प्रतिशत भन्दा कम हुनु गम्भीर कुरा भएको टिप्पणी गरेका हुन्। उनले पूरा खोप नलगाएकाहरू वैदेशिक रोजगारीबाट बञ्चित हुनु घाउमाथि नुनचुक छर्कनु जस्तै भएको समेत बताएका छन्।उनले प्रश्न गर्दै भनेका छन्, ‘यस्तोमा सबैलाई छिटो खोप उपलब्ध गराउनु सरकारको मुख्य काम हैन? पर्सिदेखि सबैलाई खोप भनेर जग हँसाउने हो? सेम!’ शुक्रवार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै ७ लाख ५७ हजार ३८० जनालाई दोस्रो मात्राको कोरोना खोप लगाएको जनाएको हो। त्यस्तै, मन्त्रालयले २५ लाख ७४ हजार ७१५ अर्थात ९ प्रतिशत जनसंख्यालाई पहिलो मात्राको खोप लगाएको जानकारी दिएको छ।


कमेन्ट गर्नुहोस्