लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय युवा संघ, तिलोत्तमा नगर कमिटीद्वारा राहत बितरण

IMG

असार ७ गते सोमबार २०७८ तिलोत्तमा सिटी। राष्ट्रिय युवा संघ, तिलोत्तमा नगर कमिटी रुपन्देहीले कोरोना भाइरसको महामारीबाट प्रभावित परिवारलाई आइतबार  राहत वितरण गरेको छ। युवा संघले महामारीबाट प्रभावित तिलोत्तमा नगरपालिका वडा नम्बर-१० कान्छीबजार र अन्य वडामा गरि १०१ परिवारलाई खाद्यान्न सहयोग गरेको छ । स्थानीय जनहित मा.वि.को प्रांगणमा आयोजित एक समारोहकाबीच स्थानीयलाई राहत वितरण गरिएको हो ।तिलोत्तमा नगर पालिका भित्र दैनिक मजदुरि गर्ने, अति विपन्न एवं कोभिड प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरेका हौं–राष्ट्रिय युवा संघ तिलोत्तमा नगर कमिटी अध्यक्ष दिपेश कंडेलले भने ।

कमेन्ट गर्नुहोस्