लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकार जनताप्रति उत्तरदायी नभएर सत्ता जाेगाउन तल्लीन : रुपन्देहीका विपक्षी दल

IMG

जेष्ठ २४ गते सोमबार २०७८ तिलोत्तमा सिटी। रूपन्देहीमा क्रियाशील विपक्षी आठ दलले उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोलाई पदबाट हटाउन माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल समूह), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा क्रान्तिकारी माओवादी बुटवल उपमहानगर समितिले संयुक्त विज्ञप्ति जारी गर्दै उपप्रधानमन्त्री महतोले हालै दिएको अभिव्यक्ति आपत्तिजनक भन्दै सरकारबाट हटाउन माग गरेका हुन् ।


‘भर्खरै नियुक्त सरकारका उपप्रधानमन्त्री राजेन्द्र महतोले विवादास्पद अभिव्यक्ति दिएर देशलाई विखण्डन गराउने विषय उठाएका छन् । हिजो सिंहदरबारमा बसेर चर्को कुरा गर्नेहरु र सीमा नाकामा बसेर आन्दोलन गरी मुलुकलाई अप्ठेरो पार्नेहरु बीच गहिरो सम्बन्ध र तालमेल देखिएको छ । तसर्थः प्रधानमन्त्रीमा नैतिकता छ भने तत्काल यस्तो अभिव्यक्ति दिनेलाई सरकारबाट हटाउन जोडदार माग गर्दछौं,’ विपक्षी आठ दलको विज्ञप्तिमा भनिएको छ ।यस्तै विपक्षी आठ दलले सत्ताधारी दलले कानून नमान्ने र विधिको उल्लंघन गर्दै मनपरितन्त्र चलाएको ठहर गरेका छन् । नदीमा भइरहेको जथाभावी दोहन, चोरी निकासी र महँगी नियन्त्रण गर्न पनि उनीहरुले माग गरेका छन् ।


नागरिकलाई कोरोना महामारीबाट बचाउन तत्काल खोप उपलब्ध गराउन, चरम संकटको बेला बजारमा भएको महँगी, कालोबजारी नियन्त्रण गर्न पनि उनीहरुले माग गरेका छन् ।


कमेन्ट गर्नुहोस्